गगन थापालाई पूर्णबहादुरको जवाफ : औँला ठड्याएर पार्टी रूपान्तरण हुँदैन

हिमाल प्रेस ४ असार २०८० २०:०९ | Monday, June 19, 2023
गगन थापालाई पूर्णबहादुरको जवाफ : औँला ठड्याएर पार्टी रूपान्तरण हुँदैन

काठमाडौँ- उपप्रधान एवं रक्षामन्त्री तथा नेपाली कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अर्कालाई औँला ठड्याएर पार्टीमा रूपान्तरण सम्भव नहुने बताएका छन्।

सोमबार काठमाडौँमा भएको ट्रेड युनियन कांग्रेसको ७औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीका महामन्त्री गगन थापालाई उक्त जवाफ दिएका हुन्। कसैप्रति औँला ठड्याएर परिवर्तन र रूपान्तरण सम्भव नरहेको उनको भनाइ थियो। आफ्ना कमजोरी र गल्ती सच्याएर अघि बढेमा मात्रै रूपान्तरण सम्भव हुने उनले बताए।

पार्टी र सरकारलाई जीवित बनाउने काम केन्द्रदेखि वडा तहका नेताहरूको रहेको उनको भनाइ थियो। पार्टीको अहिलेको परिस्थितिलाई सुधार गरेर मात्रै तिब्र गतिमा समयसापेक्ष अगाडि बढ्न सकिने उनले बताए।

पार्टीमा सबैले निष्ठाको संकल्पसहित आफूलाई समर्पित गर्ने बेला आएको उनले थापालाई सुझाव दिए। यसअघि सोही कार्यक्रमा महामन्त्री थापाले देश बदल्न सबैभन्दा पहिला नेपाली कांग्रेस बदल्न आवश्यक रहेको बताएका थिए।

कांग्रेस अहिलेजसरी चले दुर्घटनामा जान सक्ने गगन थापाको चेतावनी

प्रकाशित: ४ असार २०८० २०:०९ | Monday, June 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast