खल्ती र नेपाल ई-स्पोर्ट्स एसोसिएसनबीच सम्झौता

हिमाल प्रेस ३२ जेठ २०८० १४:११ | Thursday, June 15, 2023
खल्ती र नेपाल ई-स्पोर्ट्स एसोसिएसनबीच सम्झौता

काठमाडौँ- भुक्तानी सेवा प्रदायक खल्ती प्रालि र नेपाल ई–स्पोर्ट्स एसोसिएसनबीच डिजिटल रजिस्ट्रेसनसम्बन्धी सम्झौता गरिएको छ। सम्झौताको उद्देश्य ई–स्पोर्ट्सको पहुँच विस्तार गर्ने पनि रहेको कम्पनीले जानकारी दिएको छ।

सम्झौताले ई–स्पोर्ट्स क्षेत्रका प्रतियोगिताको रजिस्ट्रेसनलाई डिजिटलाइज गर्ने बताइएको छ। ‘खल्तीले गेमिङ इकोसिस्टममा प्रमुख भुमिका खेल्दै नेपालमा गेमिङको सम्भावना र भविष्यबारे सचेतना जगाउने उद्देश्य लिएको छ,’ सम्झौतापछि खल्तीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपाल ई–स्पोर्ट्स एसोसिएसन एउटा सामाजिक संस्था हो। यसले समान पहुँचको सुनिश्चितता गरी ई–स्पोर्ट्सलाई पनि महत्त्वपूर्ण खेलको रूपमा प्रवर्द्धन र विकास गर्दै आएको छ। खल्तीसँगको सम्झौताले भुक्तानी प्रक्रियालाई सुव्यवस्थित र सुरक्षित बनाउन महत्त्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ।

सम्झौताबारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले नेपालको ई-स्पोर्ट्स इकोसिस्टमको डिजिटलाइजेसन र प्रवर्द्धनका लागि सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।

‘हाम्रो लोकप्रिय र युवा लक्षित ब्रान्ड, नेपालको ई–स्पोर्ट्स इकोसिस्टमको डिजिटलाइजेसन र प्रवर्द्धनका लागि नेपाल ई–स्पोर्ट्स एसोसिएसनसँग सहकार्य गर्न पाउँदा उत्साहित छौँ,’ उनले भने, ‘यसबाहेक हामी नेपालका गेमरहरूका लागि सहज र सुविधाजनक भुक्तानी विधि प्रदान गर्दै खल्ती प्रयोग गर्न प्रोत्साहित गर्ने लक्ष्य लिई अघि बढेका छौँ।’

नेपाल ई-स्पोर्ट्स एसोसिएसनका अध्यक्ष सुरज श्रेष्ठले खल्तीसँगको सम्झौता नयाँ कदम रहेको बताए।

प्रकाशित: ३२ जेठ २०८० १४:११ | Thursday, June 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast