कृषि बिमा फेरि जारी गर्ने बिमक संघको निर्णय

हिमाल प्रेस ५ असार २०८० १५:४४ | Tuesday, June 20, 2023
कृषि बिमा फेरि जारी गर्ने बिमक संघको निर्णय

काठमाडौँ- नेपाल बिमक संघले रोकिएको कृषि बिमा कार्यक्रम फेरि सुरु गर्ने निर्णय गरेको छ। सरकारले बिमाबापतको अनुदान रोकेको भन्दै गत जेठ ७ गतदेखि रोकिएको कार्यक्रम मंगलबारदेखि सुरु गर्ने निर्णय संघले गरेको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बीमकहरूलाई केही आंंशिक रकम उपलब्ध गराको र गत जेठ ३० गते मन्त्री बेदुराम भुसालले बाँकी अनुदान पनि उपलब्ध गराउने आश्वासन दिएपछि फेरि सुरु गरिएको संघले जानकारी दिएको छ। संघका अनुसार २०७७ सालयताको करिब ३ अर्ब रुपैयाँ कृषि बिमाको अनुदान रकम बाँकी रहेको छ।

‘कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालको अध्यक्षतामा मन्त्रालयका दुवै सचिवहरूको संयुक्त सहभागितामा बसेको बैठकले अनुदान रकम तत्काल उपलब्ध गराउने प्रतिवद्घता भएको र बिमालेख जारी गर्न आग्रह भएकोले असार मसान्तसम्मको लागि आजैका मितिदेखि बिमालेख जारी गर्ने कार्य सुचारु गर्ने नेपाल बीमक संघले निर्णय गरेको छ,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सरकारले २०६९ सालदेखि कृषक र कृषिको संरक्षणका लागि कृषि बिमा कार्यक्रम सुरु गरेको थियो। कृषि बिमामा कुल बिमा अंकको ८० प्रतिशत रकम सरकारले अनुदानमा दिँदै आएको छ। यद्यपि बिमा कम्पनीहरूले नपाएको गुनासो गर्दै आएका छन्। ‘कथम् कदाचित उक्त समयभित्र अनुदान रकम प्राप्त नभएमा पुनः बीमालेख बन्द गरिने समेत अवगत गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: ५ असार २०८० १५:४४ | Tuesday, June 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast