काशी कमोडिटी फेयरमा सहभागी हुन मन्त्री रिजाल चीन प्रस्थान

हिमाल प्रेस ४ असार २०८० १९:३० | Monday, June 19, 2023
काशी कमोडिटी फेयरमा सहभागी हुन मन्त्री रिजाल चीन प्रस्थान

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल चीन भ्रमणका लागि प्रस्थान गरेका छन्। चीनमा आयोजना हुने १३औँ काशी कमोडिटी फेयरमा सहभागी हुन मन्त्री रिजाल सोमबार चीन गएका हुन्।

चीनको सिनचियाङ स्वशासित क्षेत्रको काशी प्रान्तमा असार ६ गतेदेखि १० गतेसम्म फेयर आयोजना हुनेछ। फेयरको मुख्य उद्देश्य सिल्क रोड इकोनोमिक बेल्टमा रहेका मुलुकसँगको सम्पर्क सञ्जाल अभिवृद्धि गर्ने रहेको छ।

त्यसैगरी बाह्य विश्वसँग खुलापन बढाउन आयोजना गरिएको जनाइएको छ। मन्त्री रिजालको भ्रमण टोलीमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीलगायत पनि छन्।

प्रकाशित: ४ असार २०८० १९:३० | Monday, June 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast