 
                             
                                            काठमाडौँ-ज्योति विकास बैंकले डेबिट कार्डबिना एटीएमबाट नगद झिक्न सकिने सेवाको सुरुवात गरेको छ।
यो सुविधाअन्तर्गत ग्राहकले मोबाइल बैंकिङ एप तथा वेब ब्राउजरमार्फत प्राप्त ओटीपी कोडलाई एटीएम मेसिनमा प्रयोग गरी रकम झिक्न सक्नेछन्।
यो सुविधा प्रयोग गर्नका लागि ‘ज्योति स्मार्ट’ प्रयोगकर्ताले एपभित्र रहेको पेमेन्ट आइकनमा थिचेपछि देखिने कार्डलेस विथड्रल आइकनमा ट्याप गरी मागिएको विवरण प्रदान गर्नुपर्नेछ।
त्यसपछि एटीएममा कार्डलेस ट्रान्जेक्सन चयन गरी आफ्नो मोबाइल नम्बर, निकाल्नुपर्ने रकम र मोबाइलमा प्राप्त ओटीपी कोड राख्दा रकम निस्कन्छ।
                            प्रकाशित: २५ जेठ  २०८० ११:४१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 