काठमाडौँमा अब यी तीन ठाउँबाट राष्ट्रिय परिचय पत्र विवरण दर्ता गर्न सकिने

हिमाल प्रेस ६ असार २०८० ११:३२ | Wednesday, June 21, 2023
2
SHARE
काठमाडौँमा अब यी तीन ठाउँबाट राष्ट्रिय परिचय पत्र विवरण दर्ता गर्न सकिने

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अब स्थायी ठेगाना भएका सेवाग्राहीको मात्रै राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्ने व्यवस्था मिलाइएको छ।

यसअघि बाहिरी जिल्लाका नागरिकको पनि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा विवरण दर्ता गर्ने स्थान तोकिएकामा अब काठमाडौँबाहिर स्थायी ठेगाना भएका सेवाग्राहीको हकमा राष्ट्रिय परिचय पत्र विवरण दर्ताका लागि अलग स्थान तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागबाट तोकिएका स्थानमा गएर विवरण भर्न पनि काठमाडौँ प्रशासनले अनुरोध गरेको छ। विभागले काठमाडौँ बाहिरका नागरिकको हकमा दुई फरक-फरक स्थानमा तोकेको उनले बताए।

नारायणहिटी दरबार संग्रहालय परिसरमा मधेश प्रदेशका धनुषा र पर्साका सेवाग्राहीले विवरण दर्ता गर्नुपर्नेछ। यस्तै राष्ट्रिय सभागृहमा काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका बागमती प्रदेशका सबै जिल्लाका नागरिकले विवरण भर्न सकिने सहायक प्रजिअ आचार्यले जानकारी दिए।

यसअघि ती क्षेत्रका नागरिकले काठमाडौँ प्रशासनबाटै विवरण दर्ता गर्दै आएका थिए।

परिचय पत्रका लागि नागरिकताको सक्कल प्रमाण पत्र, बसाइँसराइको प्रमाण पत्र, विवाहितको हकमा विवाह दर्ताको प्रमाण पत्र वा नाता खुल्ने प्रमाण पत्रको सक्कल आवश्यक पर्छ।

प्रकाशित: ६ असार २०८० ११:३२ | Wednesday, June 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast