कसैलाई पनि जिल्ला प्रवेशमा रोक लगाउने कार्य सरकारलाई सह्य हुँदैन : सञ्चारमन्त्री शर्मा

हिमाल प्रेस १५ असार २०८० २१:४० | Friday, June 30, 2023
कसैलाई पनि जिल्ला प्रवेशमा रोक लगाउने कार्य सरकारलाई सह्य हुँदैन : सञ्चारमन्त्री शर्मा रेखा शर्मा

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कोही पनि व्यक्तिलाई जिल्ला प्रवेश गर्न रोक लगाउने कुरा सरकारलाई सह्य नहुने बताएकी छन्। शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पहिचानको नामकरणको विषयलाई लिएर कोशी प्रदेशमा भइरहेको गतिविधि अराजक भएको बताएकी हुन्।

एमालेका सचिव योगेशकुमार भट्टराईलाई बिहीबार गृह जिल्ला प्रवेश गर्ने क्रममा आक्रमणको प्रयास भएको थियो। सोही विषयमा मन्त्री शर्माले सरकारले अराजक गतिविधि गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने बताइन्।

‘लोकतन्त्रमा आफ्ना कुरा राख्न पाउँछ, आफ्ना अधिकारको पक्षपोषण गर्न पाउँछ। तर त्यसका नाममा कसैले कसैलाई जिल्ला प्रवेश निषेध गर्ने भन्ने कुरा राम्रो कुरा होइन, त्यो गर्नु हुँदैन,’ उनले भनिन्, ‘अराजकतामा जानु हुँदैन, प्रदेशका मुख्यमन्त्री, सांसदहरूसँग छलफल गर्नुपर्छ। यसको निकास खोज्ने कुरामा हामी गम्भीर छौँ।’

प्रकाशित: १५ असार २०८० २१:४० | Friday, June 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast