काठमाडौँ– सनम कुमार बैरागको निर्देशनमा ‘कल मि सिद्धार्थ’ फिल्म बन्ने भएको छ। निर्देशक बैरागले सामाजिक सञ्जालमार्फत फिल्मको जानकारी दिएका हुन्। उनले यसअघि ‘कैदीको पत्र’ फिल्म निर्देशन गरेका थिए।
निर्देशक बैरागले फिल्मको २० प्रतिशत छायांकन बेलायतमा र ८० प्रतिशत नेपालमा हुने बताइएका छन्। उनका अनुसार फिल्ममा क्याप्टेन विजय लामा, पृथ्वीराज केसी र बिभिया श्रेष्ठ अनुबन्धित भइसकेका छन। अन्य कलाकारको नामावली सार्वजनिक गर्ने तयारीमा रहेको उनले बताए।
फिल्मको छायांकन सन् २०२४बाट सुरु गरिने छ। भिजन संसार र स्रित फिल्म एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्ममा नेपालबाट श्रीदेव बिएल, शारदा खड्का अर्याल, दिनेश केसी, युके बाट दील घले र नविन थापाको संयुक्त लगानीमा रहने जनाइएको छ।
प्रकाशित: १९ जेठ २०८० १६:५० | Friday, June 2, 2023
प्रतिक्रिया





