एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, संघसंस्थालाई आवेदन दिन आह्वान

हिमाल प्रेस ६ असार २०८० २०:२२ | Wednesday, June 21, 2023
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, संघसंस्थालाई आवेदन दिन आह्वान फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्न चाहने संघसंस्थाबाट आवेदन माग गरेको छ।

बोर्डको कार्यालयले आज (बुधबार) एक सूचना प्रकाशित गरी माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई २०७९) को नतिजासम्बन्धी विवरण परीक्षा नियन्त्रण कार्यालयबाट प्राप्त गरी एसएमएस, आईभीआर वा वेबसाइटबाट सार्वजनिक गर्न इच्छुक संस्थाले असार १२ गतेभित्र आवेदन दिन आग्रह गरेको छ।

एसएमएसबाट सूचना दिनका लागि ४० हजार, वेबसाइटबाट नतिजा प्रकाशनका लागि २० हजार, एसएमएस र वेबसाइट सेवाका लागि ६० हजार, एसएमएस, आईभीआर र वेबसाइट सेवाका लागि एक लाख राजस्व बुझाउनुपर्ने कार्यालयद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ।

बोर्डले परीक्षाफल प्रकाशित गरेपछि मात्रै नतिजासम्बन्धी विवरण उनीहरूलाई प्रदान गरिने र सोही आधारमा प्रकाशन गर्नुपर्ने जनाइएको छ। यसै गरी नतिजासम्बन्धी जानकारी दिने कार्य नतिजा प्रकाशन भएको मितिले ३१ औँ दिनबाट अनिवार्य बन्द गर्नुपर्ने जनाइएको छ।

प्रकाशित: ६ असार २०८० २०:२२ | Wednesday, June 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast