आर्थिक वृद्धि गर्न खुकुलो र लगानीमैत्री नीति आवश्यक : सीएनआई अध्यक्ष अग्रवाल

हिमाल प्रेस ८ असार २०८० १८:५१ | Friday, June 23, 2023
आर्थिक वृद्धि गर्न खुकुलो र लगानीमैत्री नीति आवश्यक : सीएनआई अध्यक्ष अग्रवाल

काठमाडौँ- नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष विष्णुकुमार अग्रवालले वर्तमान अर्थतन्त्रका चुनौतीका बीच ६ प्रतिशतको आर्थिक वृद्धि गर्न खुकुलो र लगानीमैत्री मौद्रिक नीति आवश्यक रहेको बताएका छन्। शुक्रबार परिसंघको २० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले चुनौतीपूर्व अर्थतन्त्रका बीच आर्थिक वृद्धि गर्नुपर्ने अवस्था रहेको बताएका हुन्।

‘नेपाल राष्ट्र बैंकले निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी मौद्रिक नीति ल्याउन आग्रह गर्दछु,’ उनले भने, ‘लगानीको वातावरण निर्माणका लागि राज्य प्रशासन संयन्त्र सहयोगी होस् भन्ने निजी क्षेत्रको चाहना छ।’

उनले लगानीको वातावरण सुनिश्चित गर्नका लागि कम्तीमा १० वर्ष ऐन, नीति, नियम परिवर्तन नहुने सरकारले ग्यारेन्टी गर्नुपर्ने बताए। उनले यस्तो ग्यारेन्टी भए मुलुकलाई आर्थिक समृद्धिमा लैजान मद्दत पुग्ने उनको भनाइ छ।

प्रकाशित: ८ असार २०८० १८:५१ | Friday, June 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast