आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र किष्ट शिक्षण अस्पतालबीच सम्झौता

हिमाल प्रेस ४ असार २०८० १७:३३ | Monday, June 19, 2023
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र किष्ट शिक्षण अस्पतालबीच सम्झौता

काठमाडौँ- आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र ललितपुरको ग्वार्कोमा रहेको किष्ट शिक्षण अस्पतालबीच ‘क्यासलेस’ सेवासम्बन्धी सम्झौता गरिएको छ।

सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र अस्पतालका प्रबन्ध निर्देशक डा. अभिशेक थापाले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार इन्स्योरेन्साबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकको बीमालेखको सीमासम्म किष्ट शिक्षण अस्पतालबाट नगदरहित हस्पिटलाईजेस (क्यासलेस) सुविधा पाउने सकिनेछ।

इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले किष्ट शिक्षण अस्पतालले आफना ग्राहकलाई सम्झौताअनुसार सेवा सुविधा दिइने बताए। अस्पताल र अस्पतालसँग आबद्ध व्यक्तिलाई औपाधोपचारलगायत आवश्यक सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबा पाउन सक्ने पनि उनले बताए।

प्रकाशित: ४ असार २०८० १७:३३ | Monday, June 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast