नागरिकता विधेयक प्रमाणीकरण गर्नु राष्ट्रप्रतिको बेइमानी हो : कमल थापा

हिमाल प्रेस १७ जेठ २०८० १२:४०
66
SHARES
नागरिकता विधेयक प्रमाणीकरण गर्नु राष्ट्रप्रतिको बेइमानी हो : कमल थापा राप्रपा नेपालका अध्यक्ष कमल थापा। तस्बिर : रासस

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक प्रमाणीकरणका विषयमा आपत्ति जनाएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज (बुधबार) नागरिकता विधेयक प्रमाणीकरण गरेपछि थापाले आपत्ति जनाएका हुन्।

‘प्रमको भारत भ्रमणको दिन नागरिकता विधेयक प्रमाणित गर्नुले प्रस्ट हुन्छ, यो विधेयक कसलाई खुसी पार्न बनेको हो। राष्ट्रहितविपरीत ठहर गरी तत्कालीन राष्ट्रपति विद्या भण्डारीले रोकेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नु राष्ट्रपति संस्थाकै अपमान हो। राष्ट्रप्रति बेइमानी हो,’ उनले ट्विटरमा लेखेका छन्।

उनले अहिले नयाँ चुनावबाट नयाँ जनादेश प्राप्त संसद् आएको अवस्थामा राष्ट्रपति पौडेलले ९ महिनाअघि निस्क्रिय भइसकेको विधेयक प्रमाणीकरण गर्नु संविधान र जनादेशको समेत अपमान भएको बताए।

‘भारतीय नागरिकले नेपाली चेली विवाह गरेर लैजाँदा उनले भारतको नागरिकता पाउन ७ वर्ष कुर्नुपर्छ। राष्ट्रपति पौडेलले आज प्रमाणीकरण गरेको विधेयक लागु भएपछि नेपाली नागरिकले विवाह गरेको भारतीय महिलाले विवाहकै दिन नागरिकता पाउने छिन्, सांसद मन्त्री हुन पाउँछिन्,’ उनले लेखेका छन्, ‘नागरिकता कागजको खोस्टो होइन।’

 

प्रकाशित: १७ जेठ २०८० १२:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eleven =