बैतडीका कुन स्थानीय तहमा कति बजेट?

हिमाल प्रेस १६ जेठ २०८० १८:४५
228
SHARES
बैतडीका कुन स्थानीय तहमा कति बजेट?

काठमाडौँ- सरकारले सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेको छ। वित्तीय हस्तान्तरणअन्तर्गत प्रदेश र स्थानीय तहका लागि पनि सरकारले बजेट विनियोजन गरेको छ। सोअनुसार बैतडीका १० वटै स्थानीय तहमा कुल ३ अर्ब ७० करोड ८२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

जिल्लाको पुरानो नगरपालिका समेत रहेको दशरथचन्द नगरपालिकाका लागि आगामी आर्थिक वर्षका लागि ५० करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

त्यस्तै पाटन नगरपालिकाका लागि ४८ करोड १४ लाख, पुर्चौंडी नगरपालिकामा ४७ करोड ५० लाख रुपैयाँ र मेलौली नगरपालिकाका लागि ३६ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

त्यस्तै डीलाशैनी गाउँपालिकाका लागि ३३ करोड ८४ लाख रुपैयाँ, दोगडाकेदार गाउँपालिकाका लागि ३८ करोड २५ लाख रुपैयाँ र पञ्चेश्वर गाउँपालिकाका लागि २८ करोड ५८ लाख रुपैयाँ विनियोजन गरिएको छ।

त्यसैगरी शिवनाथ गाउँपालिकाका लागि २६ करोड ८४ लाख रुपैयाँ, सिगास गाउँपालिकाका लागि २९ करोड ९२ लाख रुपैयाँ र सुनर्या गाउँपालिकाका लागि ३१ करोड १६ लाख रुपैयाँ विनियोजन गरिएको छ।

१० वटै स्थानीय तहमा गरी जिल्लाभर पुँजीगत बजेट २८ करोड २५ लाख रुपैयाँ र चालुगत बजेट ३ अर्ब ४२ करोड ५७ लाख रुपैयाँ विनियोजन गरिएको अन्तरसरकारी वित्तीय हस्तान्तरण किताबमा उल्लेख छ।

प्रकाशित: १६ जेठ २०८० १८:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 1 =