सुदूरपश्‍चिममा अन्तर जिल्लास्तरीय सुरक्षा तथा समन्वय बैठक सम्पन्‍न

हिमाल प्रेस १६ जेठ २०८० ७:३२
12
SHARES
सुदूरपश्‍चिममा अन्तर जिल्लास्तरीय सुरक्षा तथा समन्वय बैठक सम्पन्‍न

डोटी– असल अभ्यासको आदान-प्रदान गर्दै अन्तर जिल्लास्तरीय सुरक्षा तथा समन्वय बैठक सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान केन्द्र डोटी, डडेलधुरा, बैतडी, दार्चुला र बझाङका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुखको सहभागितामा बैठक सम्पन्न भएको हो।

बैठकमा जिल्लामा सुरक्षा निकायले गरेका असल कामको आदान-प्रदान गर्नुका साथै सबै जिल्लाका साझा समस्या र सवालबारे व्यापक छलफल भएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन्।

जिल्ला प्रशासन कार्यालय डोटीद्वारा आयोजित सो बैठकमा राजमार्ग सञ्चालन, अन्तर जिल्लास्तरीय शान्ति सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन, अवैध हातहतियार तथा लागुऔषध नियन्त्रण, वन पैदावार तथा चोरी सिकारी नियन्त्रण, अन्तर जिल्लामा एकापसमा समन्वय, सहकार्य र सहजीकरणबारे छलफल गरिएको उनले जानकारी दिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast