बढेन कर्मचारीको तलब

हिमाल प्रेस १५ जेठ २०८० १९:५७
478
SHARES
बढेन कर्मचारीको तलब आर्थिक वर्ष २०८०/०८१ को बजेट पेस गर्न संघीय संसद् भवन प्रवेश गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महत। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ- सरकारले आर्थिक वर्ष २०८०/०८१ मा कर्मचारीको तलब बढाएन। सरकारले ल्याएको नयाँ बजेटमा कर्मचारीको तलबमान विगतकै कायम गरिएको हो। सरकारले खर्च कटौतीका लागि कर्मचारीले पाउँदै आएको पोसाक भत्ता, प्रोत्साहन भत्ता, महंगी भत्ता तथा अतिरिक्त समयको भत्ता लगायत अन्य शीर्षकको भत्ता कटौती गरिदिएको छ।

अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्दै स्रोतको चापलाई ध्यानमा राख्दै भत्ताहरू काटिएको बताए। ‘स्रोतमा परेको चापलाई मध्यनजर गरी आगामी आर्थिक वर्षका लागि सबै प्रकारका प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्तासहित भत्ता खारेज गरेको छु’ उनले भने।

त्यस्तै उनले सबै सरकारी सेवा, नियामक निकाय र सार्वजनिक संस्थानमा नयाँ दरबन्दी पनि थप नहुने बताए। ‘सार्वजनिक प्रशासनको विद्यमान संरचना र दरबन्दीको पुनरवलोकन गरी छरितो बनाइने छ’ महतले थपे।

यसपटक सरकारले सरकारी अधिकारीले पाउँदै आएको इन्धन सुविधा पनि कटौती गरिदिएको छ। खर्च धेरै भएका २० वटा समिति तथा बोर्ड पनि खारेज भएका छन्।

प्रकाशित: १५ जेठ २०८० १९:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =