सबैभन्दा बढी कर्जा थोक तथा खुद्रा व्यापारमा

हिमाल प्रेस १५ जेठ २०८० १३:३६
6
SHARES
सबैभन्दा बढी कर्जा थोक तथा खुद्रा व्यापारमा

काठमाडौँ– चालु आर्थिक वर्ष ०७९/८० को फागुनसम्म सबैभन्दा बढी कर्जा थोक तथा खुद्रा व्यापारमा प्रवाह भएको छ।

आर्थिक सर्वेक्षण ०७९/८० का अनुसार ०७९ सालको फागुनसम्म व्यापरमा ९ खर्ब ७६ अर्ब १४ करोड रुपैयाँको कर्जा प्रवाह भएको छ। यो कुल कर्जाको २०.२४ प्रतिशत हो।

यस्तै ८ खर्ब ८१ अर्ब ३२ करोड रुपैयाँको उपभोग्य ऋण प्रवाह भएको छ। यो कुल कर्जाको १८.२७ प्रतिशत हो। व्यक्तिगत उपभोग, गाडी खरिद, घरजग्गा खरिद, शैक्षिकलगायतका कर्जा उपभोग्य ऋणमा पर्छन्।

फागुनसम्म उत्पादनतर्फ कुल कर्जाको १५.४७ प्रतिशत प्रवाह भएको सर्वेक्षणमा उल्लेख गरिएको छ। यो समूहको गएको ऋण ७ खर्ब ४५ अर्ब ९८ करोड छ।

यसैगरी कृषिमा ४ खर्ब ११ अर्ब २६ करोड रुपैयाँको कर्जा प्रवाह भएको छ। जुन कुल कर्जाको ८.५३ प्रतिशत हो। यातायात, सञ्चार र सार्वजनिक सेवामा ३ खर्ब २१ र्ब ६३ करोड रुपैयाँ कर्जा गएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − nine =