गणतन्त्रको आवरणमा ब्रह्मलुट भयो : कमल थापा

हिमाल प्रेस १५ जेठ २०८० ८:४०
56
SHARES
गणतन्त्रको आवरणमा ब्रह्मलुट भयो : कमल थापा राप्रपा नेपालका अध्यक्ष कमल थापा। तस्बिर : रासस

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा सुधार आउन नसकेको बताएका छन् । गणतन्त्र दिवसका दिन ट्विट गर्दै उनले गणतन्त्रको आवरणमा ब्रह्मलुट मात्रै भएको बताएका हुन्।

उनले जेठ १५ लाई विवादास्पद ढंगबाट राजसंस्था पाखा लगाई गणतन्त्र घोषणा गरिएको दिन भनेका छन् । ‘देश संकटको भुमरीमा परेको छ, गणतन्त्रको आवरणमा ब्रम्हलुट छ,’ उनले लेखेका छन्, ‘शासकीय स्वरूप, राज्यसंरचना र संविधानमा परिमार्जन एवं पुनर्विचार गर्नेबारे सोच्न सबैमा आग्रह गर्दछु।’

प्रकाशित: १५ जेठ २०८० ८:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 6 =