काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा सुधार आउन नसकेको बताएका छन् । गणतन्त्र दिवसका दिन ट्विट गर्दै उनले गणतन्त्रको आवरणमा ब्रह्मलुट मात्रै भएको बताएका हुन्।
उनले जेठ १५ लाई विवादास्पद ढंगबाट राजसंस्था पाखा लगाई गणतन्त्र घोषणा गरिएको दिन भनेका छन् । ‘देश संकटको भुमरीमा परेको छ, गणतन्त्रको आवरणमा ब्रम्हलुट छ,’ उनले लेखेका छन्, ‘शासकीय स्वरूप, राज्यसंरचना र संविधानमा परिमार्जन एवं पुनर्विचार गर्नेबारे सोच्न सबैमा आग्रह गर्दछु।’
आज जेठ १५
विवादास्पदढंगबाट राजसंस्था पाखालगाई गणतन्त्र घोषणा गरिएको दिन।व्यवस्था परिवर्तन भयो,जनताको अवस्थामा सुधार हुन सकेन।
देश संकटको भुमरीमा परेको छ।गणतन्त्रको आवरणमा ब्रम्हलुट छ।
शासकीय स्वरुप,राज्यसंरचना र संविधानमा परिमार्जन र पुनर्विचार गर्ने वारे सोच्न सबैमा आग्रह गर्दछु— Kamal Thapa (@KTnepal) May 29, 2023