संसदीय सुनुवाइ समितिमा प्रतिनिधिसभाका १२ सांसद मनोनित

हिमाल प्रेस १४ जेठ २०८० १५:०९
14
SHARES
संसदीय सुनुवाइ समितिमा प्रतिनिधिसभाका १२ सांसद मनोनित

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकले संसदीय सुनुवाइ समितिमा रहने १२ जना सांसद मनोनित गरेको छ । प्रतिनिधिसभाबाट सांसदहरू ईश्वरी घर्ती, ईश्वरीदेवी न्यौपाने, जनार्दन शर्मा, जीवन परियार, डोलप्रसाद अर्याल, पदम गिरी, पशुपति शमशेर जबरा, प्रकाश अधिकारी, महेशकुमार बर्तौला, रमेश लेखक, लीलानाथ श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की मनोनित भएका हुन्।

संसदीय सुनुवाइ समितिमा रहने सांसदहरूको नामावलीमाथि प्रतिनिधिसभाको आजको बैठकले बहुमतले सहमति जनाएको हो ।

आजै बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकले ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८०’ पारित गरेको थियो । सोही नियमावलीको व्यवस्थाअनुसार संयुक्त समितिका रुपमा रहेको संसदीय सुनुवाइ समितिमा सांसदहरु मनोनित भए।

प्रकाशित: १४ जेठ २०८० १५:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + nine =