सरकारविरुद्ध षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

हिमाल प्रेस १३ जेठ २०८० १२:५४
8
SHARES
सरकारविरुद्ध षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राजनीतिमा देखा परेको विकृति र भ्रष्टाचारविरुद्ध लड्नुको विकल्प नभएको बताएका छन्। माओवादी केन्द्रनिकट पत्रकार संगठन प्रेस सेन्टर नेपालको १९ औं साधारण सभा एवम् २१ औं कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा शनिबार काठमाडौँमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

व्यवस्था परिवर्तनका लागि आन्दोलनमा भएका संघर्ष, त्याग र बलिदानका कारण लोकतन्त्र र गणतन्त्र स्थापना भए पनि यो व्यवस्थाविरुद्ध पटक-पटक प्रहार गर्ने षडयन्त्र भइरहेकाले सचेत रहन उनले जनतालाई आग्रह गरे। आफू अहिले सरकारको नेतृत्व रहेको र अहिलेको सरकारमाथि विभिन्न तत्त्वहरूले घेराबन्दी गर्ने गरेको बताउँदै उनले पत्रकारहरूले सत्यतथ्य बुझेरमात्र समाचार सम्प्रक्षण गर्नुपर्ने उल्लेख गरे।

‘सामाजिक न्याय सुशासन र समृद्धि नै हाम्रो मुख्य लक्ष्य हो। हाम्राअगाडि चुनौतीपूर्ण अवसर छ। तर जतिसुकै घेराबन्दी भए पनि विकृति र भ्रष्टाचारविरुद्ध लड्नुको विकल्प हामीसँग छैन,’ उनले भने, ‘जनयुद्धको बेलामा जुन संकल्पका साथ हाम फलिएको थियो, अहिले विकृति, विसंगति र भ्रष्टाचारको विरुद्ध म त्यही मानसिकताको साथ हाम फालेको छु। जसरी जनयुद्ध सुरु गर्दा को कति दिन बाचिने हो, को कति बेला मारिने हो भन्ने टुंगो थिएन, अहिलेको यो लडाइँ पनि त्यस्तै त्यस्तै छ।’

कार्यक्रममा पार्टीका शीर्ष नेतहरूले इच्छुकले नेपाली समाजमा सम्प्रेषण गरेको चेतना र जनतालाई जागरुक बनाउन खेलेको भूमिकाको प्रशंसा गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − ten =