माओवादी सांसद दाहाललाई महेश बस्नेतले लाटोकोसेरो भन्दै लगाए गम्भीर आरोप

हिमाल प्रेस १२ जेठ २०८० १६:५७
80
SHARES
माओवादी सांसद दाहाललाई महेश बस्नेतले लाटोकोसेरो भन्दै लगाए गम्भीर आरोप

काठमाडौँ– नेकपा एमालेका पूर्वसांसद महेश बस्नेतले नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल (राजन)लाई ‘लाटोकोसेरो’ भन्दै गम्भीर टिप्पणी गरेका छन्। दाहालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हुँदा पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा सुन भनेर पित्तलको राखेको र यसबारे छानबिनको गर्नुपर्ने विषय संसद्‌मा उठाएपछि बस्नेतले यस्तो टिप्पणी गरेका हुन्।

बस्नेतले सत्तापक्षले छानबिन गर्ने हो अनावश्यक आरोप लगाउने हैन भन्दै आपत्ति जनाएका हुन्। बस्नेतले दाहालमाथि अरू गम्भीर आरोप पनि लगाएका छन्। उनले दाहालमाथि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्व.नेता पशुपति चौलागाईंलाई तामाकोशी नदीमा खसाल्ने प्रयास गरेको, सिन्धुलीमा एमालेको क्षेत्रीय अधिवेशनमा आक्रमण गरी नेता केशव देवकोटालाई अपहरण गरी तीन लाख लुटेको आरोप लगाएका छन्।

उनले एमाले के हो भन्ने चिन्ने अवसर दाहालले छिट्टै पाउने चेतावनी पनि दिएका छन्। बस्नेतले दाहालको फोटो र मंगल ग्रहबाट आएका सांसद। सुन र पित्तल नचिन्ने लाटोकोसेरो पनि लेखेका छन्।

‘सत्ता पक्षले छानबिन गर्ने हो। अनावश्यक आरोप र आक्षेप लगाउँदै हिँड्ने हैन। भ्रष्टाचार भएमा कारबाही गर्न सक्ने डाडूपन्यू लिएको सत्तारुढबाटै प्रमुख प्रतिपक्षमाथि आधारहीन आरोप लगाउन पाइन्न, ‘ उनले भनेका छन्, ‘एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल र स्व नेता पशुपति चौलागाईंहरूलाई तामाकोसी नदिमा खसाल्ने प्रयास गर्ने, सिन्धुली रातामाटेमा भएको एमालेको क्षेत्रीय अधिवेशन आक्रमण गरी एमाले नेता केशव देवकोटाको अपहरण गरी ३ लाखभन्दा बढी रकम लुट्ने राजन दाहाल भन्ने अपराधिक चरित्र बोकेको व्यक्तिबाट सदनमा एमाले अध्यक्षमाथि आक्रमण गरिएको छ झुटो आरोप लगाइएको छ। याद गर तिम्रो हरेक पापको सजाय पाउनेछौ। एमाले के हो भन्ने चिन्ने अवसर पनि छिट्टै पाउनेछौ।’

वैशाख १० गतेको संसद् बैठकमा दाहालले यस विषयमा प्रश्न उठाएका थिए। आज एमालेले सोही विषयलाई लिएर बैठक सञ्चालन गर्नै दिएन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =