घुससहित पक्राउ परेका जनकपुरधाम ११ का वडाअध्यक्ष र सचिवमाथि मुद्दा दायर

हिमाल प्रेस १२ जेठ २०८० १३:५४
4
SHARES
घुससहित पक्राउ परेका जनकपुरधाम ११ का वडाअध्यक्ष र सचिवमाथि मुद्दा दायर

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेका अवस्थामा जनकपुरधाम उपमहानगरपालिका- ११ का वडाअध्यक्ष र सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

जग्गा दर्ता सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग्दै गरेका आधारमा आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले वडाध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव रायलाई ५० हजार रुपैयाँ घुस रकमसहित केही समयअघि पक्राउ गरेको थियो।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार आरोपीद्वयलाई बिगोबमोजिम कैद सजाय र बिगो असुलको माग गर्दै आज मुद्दा दायर गरिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 5 =