माधव नेपाल न्युजिल्यान्ड जाँदै

हिमाल प्रेस १२ जेठ २०८० १०:०८
6
SHARES
माधव नेपाल न्युजिल्यान्ड जाँदै

काठमाडौँ-  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज (शुक्रबार) न्युजिल्यान्ड जाने भएका छन्। न्युजिल्यान्डको अकल्याण्ड सहरमा सोमबार हुने ७०औँ ‘माउन्ट एभरेष्ट सेलेब्रेसन डे’का अवसरमा आयोजना गरिने सभालाई उनले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्नेछन्।

तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक विश्वको सर्वोच्च हिमशिखर सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो। अध्यक्ष नेपालले न्युजिल्यान्ड सरकारका प्रतिनिधि, विभिन्न नेता, त्यहाँस्थित प्रवासी नेपाली र पार्टी निकट प्रवासी मञ्चका प्रतिनिधिसँग भेटघाट तथा छलफल गर्ने पार्टीका पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिइन्।

करिब एक साताको भ्रमणका क्रममा अध्यक्ष नेपाल अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने गैरआवासीय नेपाली संघको कार्यक्रममा समेत सहभागी हुनेछन्।

प्रकाशित: १२ जेठ २०८० १०:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =