सिड्नीको भवनमा फिल्मी शैलीमा भीषण आगलागी

हिमाल प्रेस ११ जेठ २०८० १९:०९
8
SHARES
सिड्नीको भवनमा फिल्मी शैलीमा भीषण आगलागी

सिड्नी- अस्ट्रेलियाको सिड्नीमा बिहीबार एउटा भवनमा भीषण आगलागी भएको छ। आगलागीमा परी भवन भत्किएको अस्ट्रेलियाका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

‘आगो लागेको केही क्षणम उक्त भवन खरानीमा परिणत भयो। भित्ताका ठूला टुक्रा र इँटाहरू भुइँमा खस्न थालेपछि मानिसहरू चिच्याउन थाले,’ फायर एन्ड रेस्क्यू एनएसडब्ल्यू (न्यू साउथ वेल्स)ले उल्लेख गरेको छ।

करिब १०० वटा दमकलको सहायताले आगो निभाइएको छ। उक्त भवनमा लागेको आगो निभाउन र नजिकैको आवासीय भवनमा फैलिनबाट रोक्न अग्नी नियन्त्रकहरूले भर्‍याङ ट्रक र ड्रोनहरू प्रयोग गरेका थिए।

उक्त सम्पदा सूचीमा सूचीकृत भवनमा के कारणले आगलागी अनुसन्धान भइरहेको छ। रासस/एएनआई

प्रकाशित: ११ जेठ २०८० १९:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 20 =