सगरमाथा आरोही बुढा मगरलाई सभामुख र उपसभामुखको बधाई

हिमाल प्रेस ११ जेठ २०८० १४:०७
8
SHARES
सगरमाथा आरोही बुढा मगरलाई सभामुख र उपसभामुखको बधाई

काठमाडौँ– दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हरि बुढामगरलाई सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरले बधाई ज्ञापन गरेका छन्। बालुवाटारस्थित सभामुख निवासमा बिहीबार (आज) बुढामगरलाई स्वागत गर्दै उनीहरूले नेपाल र नेपालीलाई विश्वभर चिनाएको भन्दै बुढा मगरको प्रशंसा गरे।

‘तपाईं प्रेरणादायी व्यक्तिको सूचीमा विश्वमै कहलिनुभएको छ। तपाईंको प्रेरणाको कथा हरेक बालबालिकासम्म पुर्‍याउनुपर्छ। नेपालीले तपाईंप्रति गौरव गरिरहनेछन्,’ उनले भने।

उपसभामुख रानाले बुढामगरलाई सर्वश्रेष्ठ मानवको संज्ञा दिँदै आगामी दिनमा पनि आफ्नो यात्रालाई निरन्तरता दिन प्रेरणा प्रदान गरिन्।

सो क्रममा सभामुख घिमिरेले बुढामगरलाई बधाई पत्र हस्तान्तरण गरेका थिए। बधाई पत्रमा उनले युद्ध मैदानमा दुवै खुट्टा गुमाएपछि पनि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरी राखेको विश्वकीर्तिमान युगौं युगसम्म नेपाली र आरोहणका क्षेत्रमा रहेकाका लागि प्रेरणा बन्ने विश्वास व्यक्त गरेकी छन्।

रोल्पा थवाङस्थित मिरुल घर भई बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका बुढामगरले शुक्रबार सगरमाथा आरोहण गरेका थिए।

प्रकाशित: ११ जेठ २०८० १४:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − five =