मान्छेलाई ‘इरिटेट’ गर्ने पनि सीमा हुन्छ : रवि लामिछाने

हिमाल प्रेस ११ जेठ २०८० ११:२२
12
SHARES
मान्छेलाई ‘इरिटेट’ गर्ने पनि सीमा हुन्छ : रवि लामिछाने फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का सभापति रवि लामिछानेले अमेरिकी राहदानीको निस्सा जेठ ९ गते सर्वोच्च अदालतमा बुझाइसकेको बताएका छन्। आज (बिहीबार) फेसबुकमा स्टाटस लेख्दै उनले सर्वोच्च अदालतले झिकाउनु भनेको निस्सा आफूसँगै भएकाले बुझाएको बताएका हुन्।

उनले यसको जानकारी र सक्कलबमोजिम नक्कल २०७५ असार ६ गते अध्यागमन विभागलाई सप्रमाण बुझाइसकेको पनि दाबी गरेका छन्।

‘सर्वोच्च अदालतको मिति २०७९/१०/१३ को फैसलाको प्रकरण नं. २२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य कन्फर्म गरेको छ,’ उनले लेखेका छन्, ‘अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौँमा पेस गरी नेपाली नागरिकता पुनः कायम गराएको छु।’

यस्तै उनले मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु अलग कुरा भएको बताएका छन्। ‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन्। मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ,’ उनले लेखेका छन्, ‘घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ।’

युवराज पौडेलको निवेदनका आधारमा सर्वोच्च अदालतले वैशाख २७ गते लामिछानेसँग अमेरिकी राहदानी त्यागेको प्रमाण पेस गर्न आदेश दिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 20 =