कञ्‍चनपुरमा हावाहुरीले टहरो भत्किँदा दुई मजदुर घाइते

हिमाल प्रेस १० जेठ २०८० १०:५७
8
SHARES
कञ्‍चनपुरमा हावाहुरीले टहरो भत्किँदा दुई मजदुर घाइते फाइल तस्बिर- रासस

कञ्‍चनपुर– कञ्चनपुरमा मंगलबार राति आएको हावाहुरीबाट दुई मजदुर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका-१८ सालघारीमा रहेको जस्तापाताले छाएको अस्थायी टहरा हावाहुरीले भत्किँदा टहरामा आश्रय लिइरहेका बर्दिया घर भएका गणेश चौधरी र हेलो चौधरी घाइते भएका छन्।

‘बजार क्षेत्रमा काम गरिरहेको लामा निर्माण सेवाका मजदुर घाइते भएका हुन्,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले भने, ‘गम्भीर घाइते गणेशलाई उपचारका लागि कैलालीको धनगढी लगिएको छ।’

गए रातिको हावाहुरीबाट कञ्चनपुरका अधिकांश ठाउँमा कच्ची टहरा र स्कुलका छाना भत्काएको छ। ‘मानवीय क्षति भएको छैन, संरचना भत्काएको विवरण संकलन भइरहेको छ,’ प्रवक्ता डाँगीले भने, ‘कतिपय स्थानमा बिजुलीका पोल ढल्दा विद्युत् सेवा अवरुद्ध छ।’

प्रकाशित: १० जेठ २०८० १०:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 13 =