५१ अंकले बढ्यो नेप्से, २ अर्ब २० करोडको कारोबार

हिमाल प्रेस ९ जेठ २०८० १५:३५
12
SHARES
५१ अंकले बढ्यो नेप्से, २ अर्ब २० करोडको कारोबार

काठमाडौँ- मंगलबार सेयर बजार परिसूचक (नेप्से) भारी अंकले बढेको छ। १८९१ बिन्दुबाट सुरु भएको बजार सामान्य उतारचढावका बीच १९४२.६३ बिन्दुमा उक्लिएको हो।

मंगलबार २१९ कम्पनीको सेयर मूल्य बढ्दा २ कम्पनीको सेयर घटेको छ। त्यस्तै १ कम्पनीको मूल्य स्थिर रहेकाे छ। मंगलबार ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

कालिका लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त, आत्मनिर्भर लघुवित्त र सामुदायिक लघुवित्तको सेयर १० प्रतिशतले बढेको हो। आज कुल २७१ कम्पनीको ६० लाख कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार रकमका हिसाबले आज शिवम् सिमेन्ट पहिलो स्थानमा रहेकाे छ। यसको १० करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

नेपाल टेलिकमको ९ करोड, एनआइसी एशिया बैंकको ७ करोड २३ लाख र हिमालयन एभरेष्ट इन्स्योरेन्स ७ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज लघुवित्त र उत्पादन उपसमूहमा लगानीकर्ताकाे आकर्षण देखिएकाे थियाे। यी दुई उपसमूहको सूचक ४ प्रतिशतले बढेको छ।

प्रकाशित: ९ जेठ २०८० १५:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + eighteen =