लगातार चौथौ दिन बढ्यो सेयर बजार, १ अर्ब ६० करोडको कारोबार

हिमाल प्रेस ७ जेठ २०८० १५:१९
6
SHARES
लगातार चौथौ दिन बढ्यो सेयर बजार, १ अर्ब ६० करोडको कारोबार

काठमाडौँ- सेयर बजार परिसूचक (नेप्से) लगातार चौथो दिन बढेको छ। पछिल्लो चार कारोबार दिनमा परिसूचक ६५ अंक उक्लिएको छ।

आज परिसूचक १८८३ बिन्दुमा पुगेर कारोबार रोकिएको छ। समग्रमा बजारमा ५.८८ अंकको वृद्धि देखिएको छ। आइतबार ९३ कम्पनीको मूल्य बढ्यो। ११५ कम्पनीको घट्यो भने १३ कम्पनीको मूल्य स्थिर रह्यो।

आज ४८ लाख २८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार होटल तथा पर्यटन, निर्जीवन बिमा र व्यापार उपसमूहको सूचक बढेको छ। यी तीनै उपसमूहको सूचक २ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

आइतबार राष्ट्रिय बिमा संस्थान र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार रकमका हिसाबले शिवम् सिमेन्ट पहिलो स्थानमा रह्यो। यसको ६ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ।

त्यस्तै राष्ट्रिय बिमा कम्पनी, तारागाउँ रिजेन्सी होटल, नागरिक लगानी कोष र नेपाल टेलिकम सबैभन्दा बढी रकमको कारोबार हुने कम्पनीको सूचीमा परेका छन्।

प्रकाशित: ७ जेठ २०८० १५:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 5 =