नेकपा एसका सचिव र पूर्वराज्यमन्त्रीसहित सदस्यहरू एमाले फर्किए

हिमाल प्रेस ६ जेठ २०८० १९:०१
22
SHARES
नेकपा एसका सचिव र पूर्वराज्यमन्त्रीसहित सदस्यहरू एमाले फर्किए

दाङ– नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासी, केन्द्रीय सदस्य एवम् पूर्वराज्यमन्त्री हिराचन्द्र केसी नेकपा एमाले फर्किएका छन्। तुलसीपुरमा शनिबार आयोजित कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले उनीहरूसहित दाङ जिल्ला कमिटीका केही सदस्यहरूलाई पार्टीमा स्वागत गरेका हुन्।

विश्वासी, केसीसहित केन्द्रीय सदस्य शारदा स्वर्णकार, लुम्बिनी प्रदेश कमिटी सदस्य अमित शर्मा, दाङ जिल्ला अध्यक्ष सुरामणि बेलबासे, उपाध्यक्ष चूर्णबहादुर वली र सचिव डिल्ली डाँगी एमालेमा फर्किएका हुन्।

पार्टी हितविपरीत गतिविधि गरेको भन्दै शुक्रबार नेकपा एसले सचिव विश्वासीसहित ६ जनालाई कारबाही गरेको छ। उनीहरू कारबाहीमा परेपछि जिल्ला कमिटीले शुक्रबार नै भूपबहादुर केसीको अध्यक्षतामा १ सय ७१ सदस्यीय नयाँ कमिटी गठन गरेको छ।

प्रकाशित: ६ जेठ २०८० १९:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 4 =