अनुदान नपाएपछि कपिलवस्तुका उखु किसान काठमाडौँमा

हिमाल प्रेस ६ जेठ २०८० १५:४१
2
SHARE
अनुदान नपाएपछि कपिलवस्तुका उखु किसान काठमाडौँमा

काठमाडौँ- कपिलवस्तुका उखु किसान आन्दोलन गर्न काठमाडौँ आएका छन्। सरकारले घोषणा गरेको अनुदान नपाएपछि ध्यानाकर्षण गराउन उखु किसान काठमाडौँ आएका हुन्। उनीहरू विगतमा घाेषणा गरिएकाे अनुदान माग गर्दै सरकारको ध्यानाकर्षण गराउन धर्नामा बसेका छन्।

२०७१ सालमा उखुमा दिने भनिएको अनुदान नपाएपछि काठमाडौँ आएर धर्नामा बस्न बाध्य भएका कपिलवस्तु उखु किसान संघर्ष समितिका सदस्य रामलाल कलवारले बताए। उनीहरू माइतीघर मण्डलामा धर्नामा बसेका छन्।

२०७१ सालमा सरकारले उखु किसानहरूलाई प्रतिक्विन्टल २५ रुपैयाँका दरले अनुदान दिने निर्णय गरेको थियो। तर सो रकम अझैसम्म पनि सरकारले नदिएपछि न्यायको खोजीमा काठमाडौँ आएका किसानको भनाइ छ।

अनुदानको रकम लिनका लागि यसअघि कपिलवस्तु जिल्ला प्रशासन कार्यालयमा उनीहरूले दबाब दिएका थिए। तर अनुदान रकम नपाएपछि काठमाडौँ आएर धर्नामा बस्नुपरेको संघर्ष समितिका सदस्य रामलालको भनाइ थियो।

आफूहरूले सो अनुदान नपाएसम्म धर्नाका कार्यक्रम अन्त्य नगर्ने उनले बताए। सरकारले त्यतिबेला गरिएको निर्णयअनुसार अन्य जिल्लाका उखु किसानलाई अनुदान दिएको तर आफूहरूले नपाएको किसानहरूको गुनासो छ।

विगत ५ दिनयता काठमाडौँमा धर्ना दिइरहेका कपिलवस्तुका किसानको गुनासो सम्बन्धमा सरकाररी तर्फबाट कुनै चासो नदिइएको समेत उनीहरूको गुनासो छ।

प्रकाशित: ६ जेठ २०८० १५:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 12 =