एमसीसीलाई आवश्यक सहयोग गर्ने उपप्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता

हिमाल प्रेस ६ जेठ २०८० १५:४२
6
SHARES
एमसीसीलाई आवश्यक सहयोग गर्ने उपप्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता

काठमाडौँ– उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता भएको छ।

नेपाल भ्रमणको क्रममा रहेका एमसीसी उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले शनिबार सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर उपप्रधानमन्त्री श्रेष्ठसँग शिष्टाचार भेट गरेको हो।

भेटमा ब्रुक्सले एमसीसी परियोजनाका लागि आवश्यक जग्गा प्राप्ति, सुरक्षा र समन्वयनको काममा नेपाल सरकारयबाट सहयोग उपलब्ध गराउन आग्रह गरेको भेटमा सहभागी गृहसचिव गोविन्द भट्टराईले जानकारी दिए।

यस्तै उपप्रधानमन्त्री श्रेष्ठले सो परियोजनालाई समयमै सम्पन्न हुनेगरी अघि बढाउनका लागि गृह मन्त्रालय र मातहत प्रशासनिक निकायहरूको आवश्यक सहयोग हुने प्रतिबद्धता व्यक्त गरेको उनले बताए।

‘भेटका क्रममा परियोजनाका आगामी गतिविधिहरूमा मूल रूपमा प्रमुख जिल्ला अधिकारीहरू संलग्न भई गर्नुपर्ने काम जग्गा प्राप्ति, परियोजनालाई उपलब्ध गराउनुपर्ने सुरक्षा तथा समन्वयबारे गृहबाट हुन सक्ने सहयोगका लागि एमसीसी पक्षाले आग्रह गरेको छ। जसमा उपप्रधानमन्त्रीज्यूले परियोजनाको सफल कार्यान्वयन, समयमै सम्पन्न गर्ने गरेर कार्यान्वयन गर्न मन्त्रालयको प्रशासन र प्रमुख जिल्ला अधिकारीहरूबाट पर्याप्त र आवश्यक सहयोग हुने बताउनु भएको छ,’ भट्टराईले जानकारी दिए।

उक्त भेटमा परियोजनाबारे उपाध्यक्ष ब्रुक्ससहितको टोलीले उपप्रधानमन्त्री श्रेष्ठसँग सामान्य ब्रिफिङ पनि गरेको उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 19 =