सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने सरकारको तयारी

हिमाल प्रेस ६ जेठ २०८० ६:३५
2
SHARE
सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने सरकारको तयारी

काठमाडौँ- सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत सरकारको आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रममा विशेष पर्यटन वर्ष मनाउने घोषणा गरिएको हो।

नीति तथा कार्यक्रममा विक्रम संवत् २०८० को दशकलाई नेपाल भ्रमण दशकका रूपमा मनाएर र सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने भनिएको छ।

कोरोना महामारीबाट शिथिल बनेको मुलुकको पर्यटन विस्तारै लयमा फर्किरहेको छ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ लागेपछि प्रतिमहिना करिब एक लाख विदेशी पर्यटक आइरहेका छन्।

चार महिनाको अवधिमा तीन लाख २६ हजार ५२७ विदेशी पर्यटक नेपाल भित्रिएका छन्।

यसअघि सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर वार्षिक २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्षको आरम्भ गरेको थियो। तर महामारीका कारण कार्यक्रम स्थगित भएको थियो।

प्रकाशित: ६ जेठ २०८० ६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + fourteen =