काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले सरकारले शुक्रबार ल्याएको नीति तथा कार्यक्रम परिवर्तनका लागि ल्याउनुपर्ने भए पनि त्यस्तो आउन नसकेको प्रतिक्रिया दिएका छन्। भट्टराईले नीति तथा कार्यक्रमका लागि सुझाव दिँदा पनि सन्तोषजनक नआएको बताएका हुन्।
उनले गठबन्धन सरकारले केही संरचनात्मक परिवर्तन हुने खालको नीति तथा कार्यक्रम ल्याउनु पर्ने भए पनि त्यस्तो आउन नसकेको टिप्पणी गरेका छन्।
‘गठबन्धन सरकारले आलोपालो नै सही ५ वर्ष चलाउने दृढताकासाथ पहिला केही वर्ष आमूल संरचनात्मक परिवर्तनका नीति-कार्यक्रम ल्याउनु पर्थ्यो,’ उनले भनेका छन्, ‘सुझाव पनि दिएकै हो।तर निरन्तरतामा १९ को २० गर्ने गरी आयो। ठीकै छ जबसम्म दुई दशकसम्म दुई अंकको वृद्धिदर र वर्षेनी ५-७ लाख रोजगारी हुन्न तबसम्म केही हुन्न है!’
गठबन्धन सरकारले आलोपालो नै सही५बर्ष चलाउने दृढताकासाथ पहिला केही बर्ष आमूल संरचनात्मक परिवर्तनका नीति-कार्यक्रम ल्याउनु पर्थ्यो ! सुझाव पनि दिएकै हो।तर निरन्तरतामा१९को२०गर्ने गरी आयो!ठीकै छ!जबसम्म दुइ दशकसम्म दुइ अंकको वृद्धिदर र बर्षेनी ५-७लाख रोजगारी हुन्न तबसम्म केही हुन्न है!
— Baburam Bhattarai (@brb1954) May 19, 2023