स्थानीय तहदेखि केन्द्रसम्म सबै संरचना बनाउन शिक्षक महासंघको निर्देशन

हिमाल प्रेस ५ जेठ २०८० १५:३२
722
SHARES
स्थानीय तहदेखि केन्द्रसम्म सबै संरचना बनाउन शिक्षक महासंघको निर्देशन

काठमाडौँ- नेपाल शिक्षक महासंघले स्थानीय तहदेखि केन्द्रसम्म सबै संरचना बनाउन आवद्ध र सम्बद्ध संस्थालाई निर्देशन दिएको छ। महासंघले शिक्षक कर्मचारीमाथि स्थानीय सरकारको ज्यादतीविरुद्ध लड्न र सरकारसँग यसअघि भएका सम्झौता कार्यान्वयनमा दबाब दिन पालिका, जिल्ला, प्रदेश र केन्द्रसम्म महासंघका सबै संरचना बनाउन आवश्यक रहेको जनाएको हो।

तोकिएकै समयमा पालिका र जिल्ला तहमा अधिवेशन सम्पन्न गर्न र बाँकी संरचना तयार गर्न पनि आबद्ध संस्थालाई महासंघले अनुरोध गरेको छ। महासंघले कर्मचारीको पेसागत हकहितको संरक्षण तथा प्राप्तिका लागि पेसागत माग मुद्दामा पैरवी गर्दै आए पनि राज्य शिक्षकका मागप्रति उदाशिन भएकाले पटक पटक आन्दोलन गर्नुपरेको जनाएको छ।

यस अघि सरकारसँग भएको ३० बुँदे र ५१ बुँदे सम्झौता कार्यान्वयन गर्न पनि सघीय शिक्षा ऐन आवश्यक पर्ने भएकाले यस प्रति सरकारलाई दबाब दिने महासंघले जनाएको छ।

यस्तै स्थायी, अस्थायी, करार, राहत, साविक उमावि, बालकक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा, संस्थागत विद्यालयका शिक्षकलगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीका समस्याहरू समाधान गर्न सरकारलाई दबाब दिने महासंघले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =