सन्‌राइज बैंकद्वारा दुई ठाउँमा प्रहरी बिट निर्माण

हिमाल प्रेस ४ जेठ २०८० १८:०६
6
SHARES
सन्‌राइज बैंकद्वारा दुई ठाउँमा प्रहरी बिट निर्माण

काठमाडौँ- सन्‌राइज बैंकले दुई ठाउँमा प्रहरी बिट निर्माण गरिदिएको छ। बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत सुदूरपश्चिमको भिमदत्त पन्त राजमार्गअन्तर्गत चुरे गाउँपालिका र डडेलधुरा बजारमा प्रहरी बिट बनाइदिएको हो।

उक्त क्षेत्रहरू सर्वसाधारण तथा यातायात धेरै चल्ने क्षेत्र भएकाले सुरक्षाका लागि प्रहरी बिट बनाइदिएको बैंकले जानकारी दिएको छ। प्रहरी बिट निर्माणका लागि वडा कार्यालय र इलाका प्रहरी कार्यालयसँग समन्वय गरिएको बैंकको भनाइ छ।

उक्त बिटहरू बुधबार र बिहीबार कार्यक्रम आयोजना गर्दै बैंकका नायब महाप्रबन्धक रबिनकुमार नेपालले प्रहरी हस्तान्तरण गरे।

प्रकाशित: ४ जेठ २०८० १८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − six =