प्रधानमन्त्री र सभामुखको छलफल नसकिँदा सुरु भएन संसद् बैठक

हिमाल प्रेस ४ जेठ २०८० ११:४२
4
SHARES
प्रधानमन्त्री र सभामुखको छलफल नसकिँदा सुरु भएन संसद् बैठक फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच अहिले छलफल जारी छ।

प्रतिनिधिसभामा प्रत्यक्ष प्रश्नोत्तर अगाडि प्रधानमन्त्री प्रचण्डले सभामुख घिमिरेसँग संसद् भवन नयाँ बानेश्वरमा छलफल गरेका हुन्।

प्रधानमन्त्री र सभामुखको छलफल जारी रहेका कारण बिहान ११ बजे सुरु हुने भनिएको प्रतिनिधिसभाको बैठक अहिलेसम्म सुरु भएको छैन।

आज (शुक्रबार) प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदहरुबीच प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यसूची छ ।

प्रधानमन्त्री प्रचण्डले संसद्मा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेछन्।

प्रकाशित: ४ जेठ २०८० ११:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + nineteen =