प्रथम राष्ट्रिय पार्क सम्मेलन बुटवलमा हुने

हिमाल प्रेस ३ जेठ २०८० १८:४३
10
SHARES
प्रथम राष्ट्रिय पार्क सम्मेलन बुटवलमा हुने

लुम्बिनी– बुटवलमा प्रथम राष्ट्रिय पार्क सम्मेलन हुने भएको छ। आउने आइतबार र सोमबार बुटवलस्थित मणिमुकुन्द सेन उद्यान (फूलबारी) मा पार्कसम्बन्धी नीति र कानुन प्रष्ट हुनुपर्ने विषय उठानका लागि पार्क सम्मेलन गर्न लागिएको हो। राष्ट्रिय पार्क सम्मेलन आयोजक समिति, नेपालले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको छ।

सम्मेलन आयोजक समितिका संयोजक खेम लुइँटेलले हालसम्म नेपालमा पार्कसम्बन्धी कुनै कानुन, नियमावली नहुँदा जुनुसुकै क्षेत्रबाट सञ्चालित पार्कहरूको विकास र संरक्षणमा समस्या देखिएकाले नीतिगत तहमा समाधान खोज्न सम्मेलन आयोजना गरिएको बताए।

राष्ट्रिय पार्क सम्मेलन आयोजक समितिका संयोजकसमेत रहेका लुइँटेलले सम्मेलनमा देशभरका करिब १५० पार्कका ३ सय जना प्रतिनिधिहरू सहभागी हुने र पार्कहरूको राष्ट्रिय नेतृत्व चयन गर्ने बताए।

उनले देशको समृद्धिमा पर्यटन अभिन्न पाटो भएको र पर्यटनको आधार स्तम्भ पार्कहरू भएकाले कानुनी र नीतिगतरूपमा सम्बोधनका लागि सम्मेलनले राजयका सरोकारवाला निकायको ध्यानाकर्षण गर्ने बताए।

सम्मेलनमा संविधानविद् काशीराज दाहाल र पत्रकार डीआर घिमिरेले कार्यपत्र पेश गर्ने र त्यसमाथि छलफल हुने अध्यक्ष लुइटेलले बताए। शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) का अध्यक्ष बेल शर्माले पर्यटन, वातावरण संरक्षण, मानव स्वास्थ्य र ठाउँको सौन्दर्यताका लागि पार्कहरूको ठूलो भूमिका र योगदान भए पनि हालसम्म राज्यले कानुनी र नीतिगत रूपमा सम्बोधन नगरेको हुँदा आवश्यक कानुन र नीति निर्माणमा सम्मेलनले दबाव दिने बताए।

धेरैजसो पार्कहरू वन क्षेत्रभित्र सञ्चालनमा रहेकाले बेलाबेलामा वनसँग हुने विवाद र द्वन्द्व अन्न्यका लागि स्पष्ट कानुन बनाउन राज्यको ध्यानाकर्षण गराउन सम्मेलनले भूमिका खेल्ने अध्यक्ष शर्माले बताए। दुई दिनसम्म चल्ने सम्मेलनमा करिब ३० लाख खर्च हुने आयोजकले जनाएका छन्।

सम्मेलनले नेपाल पार्क महासंघ गठन गरी बुटवल घोषणपत्रसमेत जारी गर्ने सम्मेलनका सदस्य सचिव एवं मणिमकुन्द सेन उद्यानका प्रमुख कार्यकारी अधिकृत अनन्त सिलवालले जानकारी दिए। मणिमुकुन्द सेन उद्यान संरक्षण समिति (फूलबारी) र तिलोत्तमाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) को व्यवस्थापन सम्मेलन हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − five =