नेप्से परिसूचक स्थिर, ६४ करोडको कारोबार

हिमाल प्रेस २ जेठ २०८० १५:१८
2
SHARE
नेप्से परिसूचक स्थिर, ६४ करोडको कारोबार

काठमाडौँ- पछिल्लो दुई कारोबार दिनमा सेयर बजार परिसूचक (नेप्से) स्थिरजस्तै देखिन्छ। सोमबार ३.३३ अंकले घटेको बजार आज ३.२९ अंकले बढेको छ। आज १८१७.८७ बिन्दुबाट सुरु भएको कारोबार १८२१.६० बिन्दुमा पुगेर रोकिएको छ। साढे १ बजेतिर बजार १८२८ बिन्दुसम्म उक्लिएको थियो।

मंगलबार २६९ कम्पनीको २० लाख ६३ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। आज कुल १३६ कम्पनीको सेयर मूल्य बढेको छ। ६३ कम्पनीको मूल्य घटेको छ भने १७ कम्पनीको मूल्य स्थिर रह्यो।

मंगलबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। माइखोला हाइड्रोपावर लिमिटेडको मूल्यमा भने नकारात्मक सर्किट लाग्यो।

कारोबार रकमका हिसाबले मंगलबार एनआईसी एशिया बैंक लिमिटेड शीर्ष स्थानमा रह्यो। यसको ५ करोड मूल्य बराबरको कारोबार भएको छ। त्यस्तै शिवम् सिमेन्ट, नबिल बैंक, नेपाल बिमा कम्पनी र हिमालयन बैंक सर्वाधिक मूल्यको सेयर कारोबार हुनेको शीर्ष स्थानमा छन्।

प्रकाशित: २ जेठ २०८० १५:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 7 =