परराष्ट्रमन्त्री साउद र बंगलादेशी प्रधानमन्त्री शेख हसिनाबीच शिष्टाचार भेट

हिमाल प्रेस ३१ वैशाख २०८० १७:४८
10
SHARES
परराष्ट्रमन्त्री साउद र बंगलादेशी प्रधानमन्त्री शेख हसिनाबीच शिष्टाचार भेट

काठमाडौँ- ‘छैटौं इण्डियन ओसन कन्फ्रेन्स–२०२३’ सम्पन्न भएको भोलिपल्ट परराष्ट्रमन्त्री एनपी साउदले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग शिष्टाचार भेटवार्ता गरेका छन्। मन्त्री साउद र प्रधानमन्त्री हसिनाबीच आइतबार गणभवनमा भएको भेटवार्तामा सीमापार सम्पर्क, व्यापार, पारवहन, ऊर्जा, शिक्षालगायतका विषयमा छलफल भएको हो।

नेपाल भारत, बंगलादेश र भुटानबीच हुने सहकार्य, भारतको मार्ग भएर बंगलादेश पुग्ने सहज पहुँच, बंगलादेशको बन्दरगाह उपयोग गरेर नेपल सामा लैजाने जस्ता अधिक विषयमा पनि छलफल भएको थियो। हसिनाले नेपालको पछिल्लो राजनीतिक अवस्थाको साथै नेपाल बंगलादेश सम्बन्धको विषयमा पनि चासो देखाएकी थिइन्।

नेपाल–बंगलादेश सम्बन्धलाई थप सुदृढ बनाउँदै सहकार्य अघि बढाउने विषयमा छलफल भएको ढाकास्थित नेपाली दूतावासले जनाएको छ। ढाकामा आयोजित दुई दिने ‘छैटौं इण्डियन ओसन कन्फ्रेन्स–२०२३’ मा सहभागी हुन परराष्ट्रमन्त्री साउद शुक्रबार त्यसतर्फ गएका थिए।

भारतीय विदेश मन्त्रालय अन्तरगत इण्डिया फाउण्डेशन र बंगलादेशको विदेश मन्त्रालयको संयुक्त आयोजनामा भएको दुई दिने सम्मेलन शनिबार सम्पन्न भएको हो। उनले त्यहाँ रहँदा साइडलाइन अन्य भेटवार्ता पनि गरेका थिए।

सम्मेलनमा सहभागी हुने क्रममा मन्त्री साउदले भारतीय विदेशमन्त्री डा. एस जयशंकर, सिंगापुरका विदेश मामिला मन्त्री डा. मोहम्मद मलिकी बिन उस्मान, जापानको विदेश मामिलाका लागि संसदीय उपमन्त्री ताकागी केईसँग पनि फरक फरक भेटवार्ता गरेका थिए।

उनले शनिबार सम्मेलनलाई सम्बोधन गर्दै रणनीतिक, आर्थिक र पारिस्थितिकीय अन्तरनिर्भरताको सन्दर्भमा हिन्द महासागर क्षेत्रको महत्त्वमा जोड दिएका थिए।

प्रकाशित: ३१ वैशाख २०८० १७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − two =