भ्रष्टाचारविरोधी अभियान संलग्न हुन पूर्वप्रधानमन्त्री बाबुरामको आग्रह

हिमाल प्रेस ३० वैशाख २०८० ८:४४
12
SHARES
भ्रष्टाचारविरोधी अभियान संलग्न हुन पूर्वप्रधानमन्त्री बाबुरामको आग्रह फाइल तस्बिर

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचारविरुद्ध नागरिक अभियानप्रति ऐक्यबद्धता जनाउँदै अभियानमा संलग्न हुन सबैलाई आग्रह गरेका हुन्छन्।

उनले भ्रष्टाचार महामारी भएकाले यसका विरूद्ध सडक, सदन, सरकारका सबै क्षेत्रबाट एकीकृत पहल र संघर्ष गर्नु जरुरी रहेको भन्दै यस्तो आग्रह गरेका हुन्।

भट्टराईले पछिल्लो समय देशमा उद्घाटित भइरहेका ठूला भ्रष्टाचारकाण्डविरुद्ध नागरिक स्तरबाट खबरदारीको शृखला अघि बढ्नु स्वागतयोग्य रहेको जनाएका छन्।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘केही समयदेखि सुशासनरसदाचारसहितको वैकल्पिक राजनीतिको पहलकर्ताको नाताले हामी यो नागरिक अभियानप्रति पूर्ण ऐक्यबद्धता प्रकट गर्दछौँ र देशभरका सबैलाई यो अभियानमा संलग्न हुन आग्रह गर्दछौँ।’

अभियानमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ऐक्यबद्धता जनाएको छ।

उक्त पार्टीका समर्थकहरू पार्टीको झण्डा, नारा नबोकी भ्रष्टाचारविरुद्धको अभियानमा सामेल भइरहेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै नागरिक आन्दोलन तथा विभिन्न संघसंस्थाले अभियान चलाइरहेका छन्।

प्रकाशित: ३० वैशाख २०८० ८:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 7 =