विधान अधिवेशनका लागि प्रतिनिधि पठाउन जसपाको परिपत्र

हिमाल प्रेस ३० वैशाख २०८० ८:१९ | Saturday, May 13, 2023
विधान अधिवेशनका लागि प्रतिनिधि पठाउन जसपाको परिपत्र उपेन्द्र यादव।

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)ले मातहत समिति र संगठनलाई आगामी जेठ २५ गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा पठाउन परिपत्र जारी गरेको छ।

आगामी असार ९ गतदेखि हुने पार्टीको विधान अधिवेशनका लागि प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा पठाउन परिपत्र जारी गरिएको सो पार्टीले जनाएको छ।

यसैगरी जसपाको विधान अधिवेशनमा प्रतिनिधिको संख्या सात सय ७८ हुने भएको छ। प्रतिनिधिको मापदण्ड तय गर्न बनेको समितिको प्रस्ताव उपर छलफल गरी कार्यकारिणी समिति बैठकले संख्या टुंगो लगाएको हो।

केन्द्रीय समितिमा चार सय २३, सात प्रदेश समितिबाट ४९ जना, दश राष्ट्रिय समितिबाट ५० जना, तीन वटा विशेष प्रदेश समितिबाट १२ जना, ४५ वटा जिल्ला समितिबाट एक सय ३५ जना, पाँच वटा महानगरपालिकाबाट पाँच जना प्रतिनिधि रहने व्यवस्था गरिएको सो पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए।

उनका अनुसार ट्रेड युनियन महासंघ, विद्यार्थी, युवा, महिला, कानून व्यवसायीबाट दुईरदुई जना प्रतिनिधि रहने छन्।

बौद्धिक पेसाकर्मी, उद्योग वाणिज्य महासंघ, किसान महासंघ, आदिवासी जनजाति महासंघ, खेलकुद महासंघ, सांस्कृतिक महासंघ, पिछडा वर्ग महासंघ, शिल्पी दलित महासंघ, थारू संघ, मुस्लिम संघ, सुकुम्वासी संघ, समाजवादी प्रेस युनियनबाट एकरएक जना प्रतिनिधि हुनेछन्।

यसैगरी मधेस प्रदेश समितिलाई, कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लालाई थप प्रतिनिधिको व्यवस्था गरेको छ।

सोअनुसार मधेस प्रदेश समितिलाई पाँच जना, कोशी प्रदेशका धनकुटा, मोरङ र सुनसरी जिल्लाबाट चाररचार जना, मधेस प्रदेशका प्रत्येक जिल्लाबाट पाँचरपाँच जना थप प्रतिनिधि रहने जनाइएको छ।

प्रकाशित: ३० वैशाख २०८० ८:१९ | Saturday, May 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast