इजरायल स्वतन्त्रताको ७५औँ दिवस मनाउँदा काँक्रो र प्याँजको बीउ सांकेतिक उपहार

हिमाल प्रेस २९ वैशाख २०८० २०:४८
32
SHARES
इजरायल स्वतन्त्रताको ७५औँ दिवस मनाउँदा काँक्रो र प्याँजको बीउ सांकेतिक उपहार

काठमाडौँ– इजरायल स्वतन्त्र भएपछि यस क्षेत्रबाट पहिलोपटक समर्थन नेपालले गरेको स्मरण गर्दै नेपालस्थित इजरायली राजदूतावासले ७५औँ स्वतन्त्रता दिवस मनायो। दोस्रो विश्वयुद्धको विभिषिका समाप्त भएसँगै बेलायती उपनिवेशबाट १४ मे १९४८ मा स्वतन्त्र भएर स्थापना भएको पश्चिम एसियाको सानो देश हो, इजरायल।

विश्वकै अग्लो अर्थात शीर सगरमाथा नेपालमा छ भने होचो स्थान मृत सागर इजारायलमा रहेको भन्दै यो सम्बन्धलाई पर्यटनमा जोड्न सक्नुपर्नेमा इजरायली राजदूत हनान गोडेरले बताए। यो विगतमा सम्बन्ध स्थापनादेखि नै उठ्दै आएको विषय पनि हो।

नेपालमा राणाशासनको अन्त्य भई भर्खरै प्रजातन्त्रको अभ्यासमा अघि बढेको थियो। सोही समयमा इजरायलले विश्वको साथ खोजिरहँदा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले इजरायललाई समर्थन गर्दै कूटनीतिक सुझबुझलाई एक तह माथि पुर्‍याएका थिए। भारतले लामो समय यो विषयलाई गुनासोको रुपमा राखे पनि नेपालको आफ्नो निर्णय भनेर देखाउने काम भएको थियो।

बीपीका भारतीय सकमक्षी जहवरलाल नेहरुले नेपालको उक्त निर्णयप्रति आश्चर्य नै व्यक्त गरेका थिए। इजरायलका संस्थापक डेभिड बेन-गुरियनले सबैको साथ खोजेका थिए। तर दक्षिण एसियाबाट अन्य मुलुकले साथ दिन सकेका थिएनन्। तर नेपालले इजरायल स्थापनाको १२ वर्षमै मान्यता दियो। त्यसको करिव दुई दशकपछि अन्य मुलुकले पनि साथ दिन प-यो।

७५ औ स्वतन्त्रा दिवसको कार्यक्रममा प्रमख अतिथि उपराष्ट्रपति रामसहायप्रसाद यादव र विशेष अतिथिको रुपमा परराष्ट्रमन्त्री एनपी साउद सहभागी भएका थिए। साथै राजनीतिक दलका नेता तथा सांसद, यहाँस्थित कूटनीतिक निकायका प्रतिनिधि, परराष्ट्र मामिला विषयका जानकार, विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति, सञ्चारकर्मीलगायत सहभागिता थियो।

कार्यक्रममा इजरायली राजदूत गोडेरले अतिथिलाई स्वागत गर्दै नेपाल–इजरायल सम्बन्धका विविध विषयका बारेमा चर्चा गरेका थिए। उनले नेपालमा आधुनिक कृषिमा जोड दिन सुझाउँदै आउने पाहुनाहरूलाई फर्कँदा काँक्रो र प्याजको बीउ उपहार स्वरुप उपलब्ध गराएका थिए। कार्यक्रममा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको भिडियो सन्देश र त्यहाँको नागरिकदेखि इजारायल के हो भनेर देखाउने प्रकारको भिडियो पनि प्रस्तुत भएको थियो।

नेपाल र इजरायलबीच बितेका ६२ वर्षमा पारस्परिक सहयोग, सद्भावना, समझदारी र मैत्री प्रगाढमात्र भएको छैन जनस्तरमा दुईपक्षीय सम्बन्ध अघि बढेको छ। यति लामो र सौहार्दपूर्ण सम्बन्धलाई आजको अवस्थामा पुर्‍याउन दुवै देशका प्रमुख व्यक्तित्वले निर्वाह गरेको भूमिका साच्चै लोभ लाग्दो छ।

भूकम्पले भत्काएका भग्नावशेषमा अत्याधुनिक उपकरणका साथ स्वास्थ्य शिविर सञ्चालन गरेर होस् वा कोरोना महामारीका बेला तत्काल स्वास्थ्य सामग्री उपलबध गराएर होस् इजरायलले नेपाललाई राम्रै गुन लगाएको छ। नेपालको दुरसञ्चार र सेनालाई आधुनिकी करण गर्न पनि इजरायलको भूमिका छ।

नेपालले आफूलाई कूटनीतिक मान्यता दिएकामा इजरायलले नेपाललाई कहिल्यै नबिर्सने राजदूतको धारणा राख्दै आएका छन्। उनले सधै बहुपक्षीय मामिलामा इजरायलेको विषय आउँदा नेपालले साथ नदिएको विषयलाई उनले गम्भीर रुपमा उठाउँदै आएका छन्। नेपाल अब्स्ट्यान्ड वा एवसेन्ट गर्न सक्ने स्थानमा समेत इजरायलको विपक्षमा भोट गर्छ, किन ? उनले प्रश्न सोध्ने गरेका छन्।

भोट प्याट्रन नै बोकेर उनले बहुभपक्षीय मामिलामा नेपाल चुक्न नहुने भन्दै कूटनीतिका दुई खुट्टा हुने बताउँदै आएका छन्। एक खुट्टा बहुपक्षीय (मल्टिल्याटरल) र अर्को खुट्टा दुइपक्षीय (बाइल्याटरल) हुने बताउँदै आएका छन्। नेपालसँग दुईपक्षीय सम्बन्ध निकै घनिभुत भएपनि बहुपक्षीय सम्बन्धमा चुकेकाे बुझाई इजरायलको छ। राजनीतिज्ञले भन्दा पनि कर्मचारीहरुले यसमा फरक भूमिका निर्वाह गरेको बुझाई इजरायलीकाे रहेकाे परराष्ट्र अधिकारी नै बताउँछन्। विभिन्न समयमा गरेको भोट नियाल्दा खाडीका केही धनी मुलुकको प्रभावमा कूटनीतिक सेवाका कर्मचारी परेको पूर्व परराष्ट्र मन्त्री डा‍. नारायण खड्काले एक प्रशंगमा बताएका थिए।

नेपालीलाई इजारायल केअर गिभरमा लैजाने काम भइरहेको छ। त्यस्तै कृषि क्षेत्रमा पनि इजरायली कृषि प्रविधिलाई नेपालमा ल्याउने उद्देश्यले नेपालका सातवटै प्रदेशमा कम्तीमा एउटा कृषि केन्द्र स्थापना गर्ने विषय पनि समझदारी भएको छ। इजरायलले नेपाललाई विभिन्न विषयमा विशेषगरी कृषि, शिक्षा, ग्रामीण विकास, जलस्रोत, पर्यटनलगायतका क्षेत्रमा अल्पकालीन छात्रवृत्ति प्रदान गर्दै आएको छ भने कृषि व्यवस्थापन, कृत्रिम गर्भाधान, सिँचाइ, बाल्यकालीन शिक्षालगायत क्षेत्रमा निरन्तर सहयोग गरिरहेको छ।

प्रकाशित: २९ वैशाख २०८० २०:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − fourteen =