ढाकामा साउद र जयशंकरको ‘साइडलाइन’ भेटवार्ता

हिमाल प्रेस २९ वैशाख २०८० २०:०६
10
SHARES
ढाकामा साउद र जयशंकरको ‘साइडलाइन’ भेटवार्ता

काठमाडौँ– ‘इन्डियन ओसन कन्फ्रेन्स २०२३’ मा सहभागी हुन बंगलादेशको राजधानी ढाका पुगेका परराष्ट्र मन्त्री एनपी साउदले साइडलाइन दुईपक्षीय भेटघाटलाई प्राथमिकता दिएका छन्। उनले सम्मेलनमा भाग लिन ढाका पुगेका भारतीय समकक्षी डा. एस जयशंकरसँग साइडलाइन भेटवार्ता गरेका हुन्।

डा. जयशंकरले नेपाल सकमक्षीसँग आफूले भेटेको र सवल कार्यकालको बधाई दिएको भन्दै ट्विट गरेका छन्। उक्त संक्षिप्त भेटघाटमा पनि समग्र दुइपक्षीय सम्बन्ध, सम्पर्क सञ्जाल, सडक सञ्जाल र जनस्तरको सम्बन्धबारे छलफल भएको उल्लेन गरेका छन्।

दुई नेताबीच भेट भएको तस्बिर सामाजिक सञ्जाल जयशंकरले नै राखेका थिए। उनले नेपाललाई महत्वपूर्ण छिमेकको रुपमा भारतले लिएको र सधैँ सहकार्यमा विश्वास गरेको पनि बताएको भेटमा सहभागीले जानकारी दिए। भेटमा दुवै मुलुकका ढाकास्थित राजदूत र डेक्सप्रमुखको सहभागिता थियो।

क्षेत्रीय र उपक्षेत्रीय सहकार्यलाई जोड दिँदै एक अर्का मुलुकसँगको सम्पर्क सञ्जाल बलियो बनाउँदै लैजाने विषयमा पनिछलफल भएको थियो। नेपालको पछिल्लो राजनीतिक अवस्था र भारतको पछिल्लो राजनीतिक अवस्थको बारेमा पनि सामान्य छलफल भएको बताइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणबारे विभिन्न प्रश्नहरु आइरहेको समयमा दुई मुलुकका परराष्ट्रमन्त्रीबीच भेट हुनु आफैँमा अर्थपूर्ण छ। परराष्ट्रमन्त्री साउद बेलायत पुगेर फर्केलगत्तै ढाका पुगेका हुन्। उनी प्रधानमन्त्रीको भ्रमण तय गर्न भारत जान सक्ने पनि आकलन भइरहेको छ।

शनिबारसम्म चल्ने दुई दिने कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री साउद आजै प्रस्थान गरेका थिए। उनले त्यहाँ नेपालको तर्फबाट धारणा राख्ने कार्यक्रम छ। उनले अन्य मुलुकका समकक्षीसँग पनि साइडलाइनमा भेटवार्ता गर्नेछन्।

प्रकाशित: २९ वैशाख २०८० २०:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − seven =