मधेश सरकार चाँडै पुनर्गठन हुन्छ : उपेन्द्र यादव

हिमाल प्रेस २९ वैशाख २०८० १२:३६
56
SHARES
मधेश सरकार चाँडै पुनर्गठन हुन्छ : उपेन्द्र यादव

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनकै आधारमा मधेश प्रदेश सरकार पुनर्गठन हुने बताएका छन्। शुक्रबार जनकपुरमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले केही दिनभित्रै संघीय गठबन्धनअनुसार नै मधेश सरकार पुनर्गठन हुने बताएका हुन्।

मुख्यमन्त्रीमा आलोपालो हुने भन्दै उनले अहिले भने सरकारको नेतृत्व जसपाले नै गर्ने स्पष्ट पारे। ‘यही सरकारमा मन्त्रिपरिषद् विस्तार हुन्छ। घटक दलका तर्फबाट मन्त्री हुन्छन्। तर मुख्यमन्त्रीमा आलोपालो हुन्छ,’ उनले भने।

उनले जनमत पार्टी उपनिर्वाचनमा सत्तारुढ गठबन्धनको विरुद्धमा लागेको उल्लेख गर्दै जनमतलाई सरकारमा ल्याउने, नल्याउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भएको बताए। उनले नक्कली भुटानी शरणार्थी प्रकरण अपराध भएको टिप्पणी गर्दै कठोर छानबिन हुनुपर्ने बताए।

प्रकाशित: २९ वैशाख २०८० १२:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 7 =