बसको ठक्करबाट दाङमा मोटरसाइकल चालकको मृत्यु

हिमाल प्रेस २९ वैशाख २०८० ८:२०
8
SHARES
बसको ठक्करबाट दाङमा मोटरसाइकल चालकको मृत्यु

दाङ- दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पाको रुन्टीगढी गाउँपालिका– ३ का २१ वर्षीय चन्द्रबहादुर नेपाली रहेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बिहीबार बेलुकी ६ बजे घोराही उपमहानगरपालिका–१४ स्थित नेपाली सेनाको ब्यारेक नजिकै रा १ ख १२०१ नम्बरको बसले रा ३ प ४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक नेपालीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहीबार राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले बताए।

प्रहरीले बस र चालक दुवैलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित: २९ वैशाख २०८० ८:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =