लेखापरीक्षण नगर्ने राजनीतिक दललाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

हिमाल प्रेस २८ वैशाख २०८० १६:०६
4
SHARES
लेखापरीक्षण नगर्ने राजनीतिक दललाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ- लगातार २ आर्थिक वर्षको लेखापरीक्षण नगर्ने ५ राजनीतिक दललाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को लेखापरीक्षण नगर्ने मुस्कान सेना नेपाल पार्टी, शिब सेना नेपाल, आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक र नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिकलाई स्पष्टीकरण सोधिएको आयोगले जानकारी दिएको छ।

आयोगले उक्त ५ राजनीतिक दललाई तोकिएको समयावधिभित्र किन लेखापरीक्षण प्रतिवेदन पेस नगरेको? राजनीतिक दलसम्बन्धी ऐन २०७३को दफा ५४ अनुसार कारबाही किन नगर्ने लगायतका स्पष्टीकरण सोधेको छ।

त्यस्तै गत आर्थिक वर्ष २०७८/७९को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयमा पेस नगरेपछि समय व्यतित गरेका ९ राजनीतिक दल र सोही आर्थिक वर्षको लेखापरीक्षण पेस नगर्ने १६ राजनीतिक दललाई पनि स्पष्टीकरण सोधिएको आयोगले जानकारी दिएको छ।

प्रकाशित: २८ वैशाख २०८० १६:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 4 =