खाण पक्राउ परेपछि कांग्रेसका युवा नेताले गृहमन्त्रीलाई भने : भ्रष्टाचारीलाई नछोड्नू, हाम्रो साथ छ

हिमाल प्रेस २७ वैशाख २०८० १५:५७
34
SHARES
खाण पक्राउ परेपछि कांग्रेसका युवा नेताले गृहमन्त्रीलाई भने : भ्रष्टाचारीलाई नछोड्नू, हाम्रो साथ छ

काठमाडौँ- कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि कांग्रेसका आधा दर्जनभन्दा बढी युवा नेताले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेर अघि बढ्न सुझाव दिएका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाण पक्राउ परेका छन्। कांग्रेसका युवा नेताहरूले ठगी प्रकरणमा सरकारका पछिल्ला कदमको प्रशंसा गर्दै ऐक्यबद्धता जनाएका हुन्।

कांग्रेस नेताहरू गुरुराज घिमिरे, गोविन्द पोखरेल, मधु आचार्य, भूपेन्द्रजंग शाही, रन्जित कर्णलगायतका नेताले उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठसँग भेट गरेर भ्रष्टाचारलाई निर्मूल पार्न अघि बढ्न र त्यसका लागि सधैँ साथ रहेको बताए।

जवाफमा उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिसनखोरको जालो नतोडेसम्म राष्ट्र नबन्ने भन्दै सरकार दृढतापूर्वकअगाडि बढ्ने विश्वास दिलाएको एक नेताले जानकारी दिए ।

प्रकाशित: २७ वैशाख २०८० १५:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 16 =