टोपबहादुरको घरमा प्रहरीको खानतलासी

हिमाल प्रेस २६ वैशाख २०८० १६:२५
106
SHARES
टोपबहादुरको घरमा प्रहरीको खानतलासी

काठमाडौँ- नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको घरमा नेपाल प्रहरीले खानतलासी गरेको छ। नक्कली शरणार्थी प्रकरणमा मुछिएका रायमाझीको ललितपुरस्थित खुमलटारमा रहेको घरमा प्रहरीले खानतलासी गरेको हो।

टोपबहादुरविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। अदालतबाट पक्राउ पुर्जी जारी हुँदा अर्घाखाँचीमा रहेका रायमाझी आफ्नो संलग्नता नरहेको र अनुसन्धानमा सहयोग गर्ने बताएर उतैबाट फरार भएका छन्।

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने प्रकरणमा बिचौलियाहरूबाट करोडौं रकम बुझेको आरोप टोपबहादुर र छोरा सन्दीपमाथि लागेको छ। टोपबहादुरका छोरा सन्दीप भने प्रहरी हिरासतमा छन्। उनको नाममा एक करोड बढीको चेक काटिएको पाइएको छ।

यही प्रकरणमा प्रहरीले ८ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायतलाई प्रहरीले पक्राउ गरिसकेको छ।

यो प्रकरणमा कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, खाणकी श्रीमती मञ्जु, कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती आरजु राणा पनि मुछिएका छन्।

प्रकाशित: २६ वैशाख २०८० १६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast