हिमाल आरोहणबाट ७४ करोड राजस्व संकलन

हिमाल प्रेस २६ वैशाख २०८० १५:४६
2
SHARE
हिमाल आरोहणबाट ७४ करोड राजस्व संकलन

काठमाडौँ- वसन्त ऋतुमा आरोहणका लागि मौसम अनुकूल हुने भएकाले विश्वभरबाट उल्लेख्य संख्यामा आरोही आउँछन्। सगरमाथासहित विभिन्न हिमाल आरोहणबाट सरकारी राजस्व बढ्न योगदान पुग्छ।

यस यामको सगरमाथा लगायतका हिमाल आरोहणका लागि नेपालसहित ८० देशका नागरिकले पर्यटन विभागबाट अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि मात्रै नेपालसहित ६५ देशका नागरिकले अनुमति पाएका छन्। विभागको पर्वतारोहण शाखाका अनुसार हिमाल आरोहण अनुमतिबाट हालसम्म ७४ करोड ६ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

सगरमाथाबाट मात्रै ६५ करोड ५ लाख रुपैयाँ राजस्व संकलन भएको छ। सगरमाथापछि सबैभन्दा धेरै ल्होत्से हिमालबाट २ करोड ८३ लाख र मकालु हिमालबाट १ करोड ३६ लाख रुपैयाँ संकलन भएको छ।

पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाले यस याममा सगरमाथा आरोहणका लागि इतिहासमै सबैभन्दा बढीले अनुमति लिएका छन्। आरोहीको संख्या बढेकै कारण राजस्व पनि बढेको कोइरालाले बताए। नेपालमा ८ हजार मिटर उचाइभन्दा माथिका ८ हिमशृङ्खला छन्। रासस

प्रकाशित: २६ वैशाख २०८० १५:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + nineteen =